देश/प्रदेश
काठमाडौँमा जाँड–रक्सी खाएर स्कुल बस चलाउने ६ जना चालकलाई कारबाही
०

काठमाडौँ, साउन २९ –
काठमाडौँमा जाँड–रक्सी खाएर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेको हो । चालकहरुमध्ये ६ जनाले मध्यापान सेवन गरि स्कुल बस चलाएका थिए ।
ट्राफिक प्रहरीले आउँदा दिनमा समेत स्कुल बस चलाउनेहरूको जाँच तथा ट्राफिक सचेतनाका कार्यक्रम नियमित गर्ने जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउनको आठ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही तथा सचेत गराउने अभियान सुरु गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























