देश/प्रदेश

ओलीको आरोप: वर्तमान सरकारले देशको हित र विकासमा काम गर्न सकेन

Banner

काठमाडौँ, साउन २९-

वर्तमान सरकारले देशको हित र विकासका लागि कुनै काम गर्न नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौँमा भएको राष्ट्रिय युवा सम्मेलनमा आरोप लगाएका छन्।

सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याए पनि वर्तमान सरकारले त्यसलाई निरन्तरता दिन नसकेको बताएका हुन् । त्यस्तै विभिन्न राजमार्ग, देशैभर ३ सय ९६ अस्पताल लगाएका विभिन्न आयोजनाको एमालेले शिलान्यास गरे पनि वर्तमान सरकारले पैसा अभाव भएको भन्दै उक्त आयोजनालाई निरन्तरता दिन नचाहेको उनको धारण छ ।

उनले आफू सदैव देशका लागि समर्पित भएको र बाचुन्जेल देशको सेवा गरेको र आफू प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरा, कालापानी फिर्ताका लागि पत्राचार गरे दावी गरेका छन् । तर हालको सरकारले भने आफ्नो भूभागलाई समस्याका रूपमा चित्रण गरेको उनको आरोप छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>