Breaking News
मसँग छ भने खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर खुवाउन सक्दिनः ओली
०

काठमाडौँ, साउन २९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै भ्रष्ट हुन् भनेर हल्ला चलाउनेहरु नै भ्रष्ट भएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम आफूबाट नहुने बताउदैँ हल्ला चलाउनेहरु नै भ्रष्ट भएको बताएका हुन् ।
‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने ? मसँग छ भने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु ? ओलीले भने । ’ त्यस्तै स्पष्ट दृष्टिकोण नभएका र केही काम गर्न नसक्नेहरुले अरुले राम्रो काम गरेको देखेपछि नकारात्मक हल्ला चलाउने उनको गुनासो छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























