चितवन विशेष

भूपिन र निमेषको कवितालाई वीरगन्जमा तालीको गडगडाहट

Banner

चितवन, साउन २८-

‘पाठशालामा कवि’मा चर्चित कविहरू भूपिन खड्का र निमेष निखिलले आफ्ना कवितावाचन गरेका छन् ।

आज शनिबार पाठशाला नेपाल, वीरगन्जद्वारा आयोजित कार्यक्रममा भूपिन र निमेषका कविताले तालीको गडगडाहट पाएका हुन् ।

कुनै राजनीतिक वाद र दर्शनभन्दा माथि उठेर स्वच्छन्द ढंगले कविता लेख्ने उनीहरुको कवितालाई वीरगन्जका कविताका पारखीहरुले एकदमै मनपराए । वीरगन्जको चर्काे घाम र गर्मीलाई दुवै कविका कविताहरुले शितलता प्रदान गरेका थिए । बाग्लुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका नेपालकै लोकप्रिय कवि भूपिनले ‘कुरूप कविता’, ‘सर्दी’, ‘चोरी एक तुलनात्मक अध्ययन’, ‘स्याउ बाजे’, ‘खडेरी’ र ‘ट्रक ड्राइभर’ शीर्षकका कविता सुनाए ।

त्यसैगरी हेटौंडाका कवि निमेषले ‘मेरो कविता’, ‘समय यस्तो होस्’, ‘ऐना अगाडि’, ‘सम्बोधनमा मित्र रामविश्वास’, ‘स्वीकारोक्ति’ र ‘निमेष निखिल एक शब्दचित्र’ शीर्षकका कविता सुनाए । कार्यक्रममा अन्य कविहरू अनिता शाह, दिलीप कार्की, शिला, ध्रुव ठकुरी र पुरुषोत्तम आचार्यले पनि कवितावाचन गरे । उनीहरुको कविताले नेपाली समाजले भोग्नुपरेका राजनीतिक, आर्थिक र सामाजिक यथार्थताहरुलाई प्रतिविम्वित गरेका थिए ।
बालगोपाल थापा, गणेश लाठ र डा. उमेश चौरसियाले कार्यक्रमका विषयमा बोलेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>