देश/प्रदेश
कांग्रेसका मुख्य सचिव पौडेलले पाए चुनावका लागि दल दर्ता गर्ने जिम्मेवारी
०

काठमाडौँ, साउन २८
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा दल दर्ता गर्ने जिम्मेवारी कांग्रेसबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले पाएका छन् । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई जिम्मेवारी दिएके हो ।
कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्दम्बेका अनुसार निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेललाई जिम्मेवारी प्रदान गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























