देश/प्रदेश
एक हप्तापछि खुल्यो म्याग्दीको बेनी–दरबाङ सडक, तीन वटा मुख्य सडक अझै पूर्ण रुपमा बन्द
०

म्याग्दी, साउन २८
म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको पुलमा पर्खाल निर्माण गरेर मर्मत गरेपछि सडक खुलेको हो ।
खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि एक हप्ता आवतजावत बन्द भएको थियो ।
मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार बेनी–दरबाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । सडक विभागका अनुसार वर्षाका कारण अझै पनि तीन वटा मुख्य सडक पूर्ण र १२ वटा आंशिक रुपमा बन्द छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























