देश/प्रदेश

वडा सदस्यको घरबाट चोरी भएको मोटरसाइकल जंगलमा फेला

Banner

कञ्चनपुर, साउन २७-

कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ । बिहिबार राति १२ बजे जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ४ को सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा सदस्य नवराज भट्टको घरमा राखिएको उक्त म१प ४८५ नम्बरको मोटरसाइकल अज्ञात समूहले चोरी गरेको थियो ।

मोटरसाइकलको खोजी गर्दै जाँदा नगरपालिकाको वडा नम्बर २ स्थित सामुदायिक वन भित्र झाडीमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>