चितवन विशेष

चितवनमाको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Banner

चितवन, साउन २७-

चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्यारीढापबाट भण्डारा तर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>