देश/प्रदेश

अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो सेवा सुविधा विद्यालयलाई

Banner

गोरखा, साउन २७-

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गर्नुभएको छ । उहाँले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराउनुभएको हो ।

“मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए ” उहाँले भन्नुभयो, “यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ ।”

सो विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिनुभयो । सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>