Uncategorized

बागमती प्रदेशमा आज देखि सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइने

Banner

काठमाडौं, साउन २७-

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आज अपराह्न ४ः३० बजेदेखि लागु हुने गरी आवेदन दिने संख्या बढाउने भएको छ । मन्त्रालयले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै आवेदन दिन सकिने संख्या बढाएको हो।

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ । त्यस्तै मन्त्रालयले जारी गरेको सूचनामा आवेदन दिने संख्या बढाएको क्षेत्र ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालय रहेको छ ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवेदकहरुको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको बताए । ‘मन्त्रालयले जारी गरेको सूचनामा २७ र २८ गतेको आवेदन संख्यालाई हेर्दा घटेको जस्तो देखिए पनि पहिलेको तुलनामा बढाइएको संख्या हो,’ प्रवक्ता पोखरेलले भने ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>