चितवन विशेष

चितवनमा कति थपिए नयाँ मतदाता ?

Banner

पूजा ढकाल

चितवन, साउन २६-

आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा १४ हजार भन्दा धेरै नयाँ मतदाता थपिएका छन् ।

चितवनबाट मतदाता विवरण अपडेट गरेका अन्य जिल्लाका १७ सय ९७ गरी जिल्लामा १४ हजार ५६५ नयाँ मतदाता थपएिका हुन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार असार १ गतेदेखि साउन २० गतेसम्म मतदाता संकलन गरिएको थियो । त्यस्तै निर्वाचन आयोगले मंसिर ४ गते निर्वाचन मिति तोकेसँगै देशभर मतदाता संकलन बन्द गरिएको थियोे ।

जिल्लामा पछिल्लो समय जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय माडी गरी तीन क्षेत्रबाट नामावली संकलन गरिएको प्रमुख कार्कीले जानकारी दिए । उनका अनुसार १६ वर्ष उमेर पुगेका व्यक्तिले पनि मतदाता नामावलीका लागि फोटो खिचाउन सक्छन तर फोटो खिचाउन पाए पनि भोट हाल्न १८ वर्ष उमेर पुग्नै पर्छ । त्यस्तै फोटो खिचाएकाले निर्वाचनको अघिल्लोदिन १८ वर्ष पुगे पनि भोट हाल्न पाउँछन् ।
उनले दिएको जानकारी अनुसार पहिले २०७४ सालमा भएको निर्वाचनबाट स्थानीय तहको निर्वाचनमा ५÷६ हजार मतदाता मृत्यु र बसाइसराइका कारण घटका थिए । तर, स्थानीय तह निर्वाचनमा भने पहिलेको तुलनामा मतदाता संख्या बढेर तीन लाख ९७ हजार ६५० मतदाता पुगेको हुन् ।
पछिल्लो समय संकलन गरिएको निर्वाचन नामावली संकलनमा अन्य जिल्लाका व्यक्तिले पनि फोटो खिचाएका छन् । त्यस्तै अब हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कति मतदाता छन् र कति घटे भन्ने विवरण भदौं ३१ गते मात्रै आउने उनले बताए ।

अब हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ भने नौ वटालाई स्थानान्तरण गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>