Breaking News

चितवनमा शतप्रतिशत धान रोपाइँ, गत वर्ष उत्पादकत्व घटेर ३.५९ मात्रै

Banner

प्रतिमा कुमाल

चितवन, साउन २६-

कृषि ज्ञान केन्द्र चितवनले यस वर्ष १०० प्रतिशत नै धान रोपाइँ भएको बताएको छ ।

जिल्लाको खेती योग्य २२ हजार ९२७ हेक्टर क्षत्रफलमै रोपाइँ सकिएको केन्द्रले आज (बिहीबार) जानकारी दिएको हो । गत वर्ष पनि यही अनुपातमा धान खेती भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनमगरले जानकारी दिए । केन्द्रका अनुसार यहाँका किसानले मुख्य गरी  सावित्री, सावा मन्सुली, राम धान लगाउने गरेका छन् ।

जिल्लामा प्रति हेक्टर धानको उत्पादकत्व ४.२१ देखि ४.०७ रहेको छ । गत आर्थिक वर्ष २०७७–०७८ मा भने घटेर ३.५९ मा झरेको थियो । बेमौसमी वर्षा र बाढीका कारण धानको उत्पादकत्व घटेको सूचना अधिकारी मगरको भनाइ छ । जस अनुरुप गत वर्ष ८२ हजार ३०७ दशमलब ९३ मेट्रिकटन धान उत्पादन भएको थियो ।

तीन वर्षको जिल्लाको धान उत्पादन हेर्ने हो भने आर्थिक वर्ष २०७५–०७६ मा ९३ हजार ३१२ दशमलब ८९ मेट्रिकटन उत्पादन भएको थियो । यस्तै २०७६–०७७ मा ९६ हजार ५२२ दशमलब ६७ मेट्रिकटन धान उत्पादन भएको केन्द्रको तथ्याङ्कमा छ ।

बीउ उत्पादनमा यस वर्ष ३ वटा कम्पनीलाई ५७ लाख प्रोत्साहन रकम दिएको मगरले बताए । धान रोपाइँ गरेका किसानहरुले अहिले धान गोड्ने काम सुरु गरिसकेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>