प्रवास

नेपाली विद्यार्थीले नक्कली डकुमेन्ट बनाउन थालेपछि अष्ट्रेलियाको भिसामा थप कडाइ

Banner

चितवन, साउन २६-

उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै कडाइ गरिएको छ ।

नेपाली विद्यार्थीले नक्कली कागजपत्र बनाएर अष्ट्रेलिया जाने प्रवृत्ति बढेपछि सरकारले भिसामा कडाइ गरेको हो ।

भिसामा कडाइ गरेपछि अस्ट्रेलियाका नेपाली सरोकारवालाले अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर आफ्ना गुनासा पोखेका छन् । पछिल्ला दिनमा नेपालबाट जाने विद्यार्थीको भिसा प्रकृया निकै कडाइ गरिएकाले भेट सेक्टरका अधिकांश भिसा रद्द भएका छन् ।

कोरोनाकालपछिको ६ महिनामा नेपाली विद्यार्थीको चाप ह्वात्तै बढ्नु र एकाएक जुन महिनापछि अधिकांश भिसा रद्द हुँदा यो पेशासँग जोडिएका नेपालीमुलका व्यवशायी तथा शैक्षिक परामर्शदाता केन्द्रीय अध्यागमन मन्त्री एन्ड्रयु गील्सलाई भेटेर समस्याको समाधानका लागि आग्रह गरेका हुन् ।
भेटमा अध्यागमन मन्त्री एन्ड्रयुले पछिल्ला दिनमा देखिएको यस्ताखाले समस्याका विषयमा सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए । अस्ट्रेलियन अध्यागमन विभागद्धारा हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको छ ।

गत जुलाइ ४ मा अस्ट्रेलियन सरकारद्धारा जारी गरिएको अध्यागमन सम्बन्धी नयाँ प्रतिवेदनमा नेपाली विद्यार्थीको भेट सेक्टरमा नक्कली कागजातको बढ्दो प्रयोगलाई स्पष्ट रूपमा इंगित गर्दै यसप्रति अस्ट्रेलियन सरकारको गम्भीर चासो रहेको बताएको छ । विगतमा विद्यार्थी भिसालाई केही सहज बनाएको अष्ट्रेलिया सरकारले अब पढ्ने र पढ्न चाहने विद्यार्थीलाई प्राथमिकतामा राखेको छ ।

अध्यागमन सम्वन्धि सरकारको नयाँ प्रतिवेदनमा अष्ट्रेलिया पढ्न आउने विद्यार्थी गम्भीर नभएको र प्रोभाइडर समेतले उनीहरूलाई भर्ना प्रकृयामा गम्भीरता नदेखाएको उल्लेख गरेको छ । शैक्षिक उद्योगीले विद्यार्थीलाई उनीहरूको योग्यता र दक्षता नाप्न भिडियो अन्तर्वार्ता लगायतका महत्वपूर्ण विषयमा समेत उदासिन रहेको प्रतिवेदनमा उल्लेख छ ।

पढ्नका लागि आर्थिक तथा शैक्षिक योग्यता पुरा गरेर आएका विद्यार्थी केही महिनामै कोर्स परिवर्तन गर्ने र कलेज परिवर्तन गर्नेजस्ता गतिविधि बढ्दै गएकोमा चिन्तासमेत ब्यक्त गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>