राजनीति

एक्लाएक्लै लड्दा एमालेले दुई तिहाई सिट नजिते म राजनीतिबाटै सन्यास लिन्छुः अधिकारी

Banner

काठमाडौं,साउन २६-

नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दावी गरेका छन् । अधिकारीले त्यसरी लड्दा एमालेले दुई तिहाइ नल्याए आफु राजनीतिबाटै सन्यास लिन तयार रहेको घोषणा गरेका छन् ।

बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उनले भने,‘एक्लाएक्लै लडे काँग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । काँग्रेस एक्लै लड्न आओस्, हामी दुई तिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि हामीले दुई तिहाई भन्दा बढि सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा पनि दिए । ‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो’ अधिकारीले काँग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>