गण्डकी
पृथ्वी राजमार्गमा माइक्रोबस अनियन्त्रित भइ पुलको रेलिङमा ठोक्किँदा १४ जना घाइते
०

काठमाडौँ, साउन २६-
पृथ्वी राजमार्गमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भइ पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् ।
आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित भइ सम्धी खोलाको पुलमा ठोकिएको हो । उक्त दुघर्टनमा परि घाइते भएका १४ जनाको स्थानीय रत्नहरि अस्पतालमा पुर्याए पनि गम्भीर घाइते भएका पाँच जनालाई भने मणिपाल अस्पताल रिफर गरिएको छ ।
त्यस्तै हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























