देश/प्रदेश
चुनावी रणनीतिबारे छलफल गर्न एमालेको केन्द्रीय बैठक बस्दै
०

काठमाडौँ, साउन २६-
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको बैठक बस्ने भएको छ । आज दिउसो १२ बजे नेकपा एमालेको बैठक बस्ने भएको हो ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दै छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित निर्वाचनको विषयमा छलफल हुने उनको भनाइ छ । त्यस्तै बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























