चितवन विशेष

भरतपुरमा रक्तदानको महत्व बुझाउन नागरिकलाई दिइयो उत्प्रेरणा

Banner

पूजा ढकाल

चितवन, साउन २५-

पश्चिम चितवन पत्रकार मञ्चले नागरिकलाई रक्तदानको महत्व बुझाउन उत्पे्ररणा कार्यक्रम गरेको छ ।

चितवनका गाउँगाउँमा अझै पनि रक्तदान गर्दा के फाइदा हुन्छ र किन गर्नु पर्छ भन्ने बारेमा चेतना र शिक्षा नभएकै कारण भरतपुर–१९ को वडा कार्यालयमा सो कार्यक्रम गरिएको हो ।

मञ्चका अध्यक्ष अपिल धिमिरेको अध्यक्षतामा भएको उक्त उत्प्रेरणा कार्यक्रममा १९ नं वडाका वडाध्यक्षे प्रकाश तामाङले समाजमा बसेपछि एकअर्कालाई सहयोग गर्नुपर्ने हाम्रो दायित्व भएको बताए । त्यस्तै पछिल्लो समय चितवनमा भएको रगत अभावलाई मध्य नजर गरेर रक्तदान कार्यक्रम गर्न लागेकोमा शुभकामना व्यक्त गर्दै अन्य समयमा पनि यस्तो कार्यक्रम गर्न उनले अनुरोध गरे । आउँदो शनिबार (साउन २८ गते) मञ्चले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

के हो रक्तदान ?

रगत कुनै इनारमा पाइने पानी, रुखमा फल्ने फल, उद्योगमा बन्ने र पसलमा पाइने सामान हैन । यो मानव शरीरमा रहेको एक तत्व हो । जुन मानव बाच्न अति आवस्यक हुने गर्छ । त्यस्तै रक्त्दान भनेको आफ्नो शरिरमा भएको रगत रोगी व्यक्तिलाई दिनु हो । जसले गर्दा कसैको जीवन बच्ने गर्छ ।

चितवनमा रगतको माग कति ?

चितवन आँखा अस्पताल बाहेक चितवनका सबै अस्पतालले रक्त सञ्चार केन्द्रमा रगतको माग हुने गर्छ । जसको कारण चितवनमा मात्रै ५० हजार युनिटको हाराहारीमा रगत आवस्यक पर्ने गर्छ । तर, चितवनले २८ हजार मात्रै रगतको माग धान्न सक्छ । पछिल्लो समय चितवन मेडिकल सिटीको रुपमा विकास भएको कारण पनि चितवनमा रगतको माग उच्च भएको हो । चितवनमा रगतको माग पूरा गर्न पोखरा, काठमाडौँ, नवलपुर, मकवानपुर, र्सलाहीबाट रगत ल्याइँदै आएको छ ।

रगत कति दिनसम्म प्रयोग गर्न मिल्छ ?

हामीले रक्तदान कार्यक्रममा दान गरेको रातो रगतको आयु जम्मा ३५ दिन र सेतो रगतको आयु तीन दिन मात्रै हुन्छ । यसको आयु ३५ र तीन दिन भए पनि शरिरबाट निकालेको रगत ६ घण्टा सम्म मात्रै स्वस्थ रहने गर्छ । त्यस्तै रगतको आयु शरिरमा १२० दिन हुन्छ । पहिले चितवनमा माइनस ८० डिग्रीमा रगत राख्न सक्ने मेसिन भए पनि बिग्रेको छ र सरकारले यसको मर्मत भने गर्न सकेको छैन । त्यस्तै यो मेसिनमा राखेको रगत ६ महिना देखि एक वर्षसम्म प्रयोग गर्न मिल्छ ।

कस्ता व्यक्तिले गर्न सक्छन् रक्तदान ?

रक्तदान १७–६० वर्ष सम्मका मानिसले गर्न सक्छन् । त्यस्तै थोरैमा १००\६० र धेरैमा १६०\९५ प्रेसर भएका व्यक्तिले पनि रगत दिन सक्छन् । रगन दिनको लागि मानिसको तैल पनि ४५ भन्दा माथि हुन पर्छ । अहिले चितवनमा मात्रै नभएर देशभर कोरोना खोप लाउनेको संख्या उच्च छ तर उनीहरुले खोप लगाएको १५ दिन कटेपछि मात्रै रगत दान गर्न मिल्छ भने महिनावारी भएका महिलाले सात दिनपछि र प्रसुति भएकाले एक वर्षपछि मात्रै रगत दिन मिल्छ । त्यति मात्र नभएर सिटामोल खाएकाले २४ घण्टा र साइनेक्स खाएकाले ७२ घण्टा कुर्नु पर्छ र आफूमा पनि रगत दान गर्छु भन्ने भावना हुनु पर्छ । अहिले चितवनको क्यान्सर र चितवन मेडिकल कलेजमा एउटा रक्तदान गर्ने मेशिन आएको छ । जसबाट रक्तदान गरेका व्यक्तिले एक हप्तामा पुन रगत दान गर्न मिल्छ । यो मेसिन रक्त सञ्चार केन्द्रमा पनि छ तर सञ्चालनमा भने आएको छैन ।

कस्ता व्यक्तिले गर्न हुँदैन रक्तदान ?

रक्तदान प्रेसर उच्च र न्यून भएका व्यक्तिले गर्न हुँदैन । त्यति मात्रै नभएर सरुवा रोग भएका व्यक्ति, नियमित औषधि सेवन गर्ने व्यक्ति, तौल कम भएका, उमेर नपुगेका, हेमो गोल्बिन कम भएका व्यक्ति तथा रोगी व्यक्तिले रगत दान गर्न हुँदैन ।

के कारण हुँदै छ देशमा रगतको अभाव ?

मानवमा रगन दान गर्नु पर्छ भन्ने चेतनाको कमी, देशमा भएका सबै स्वस्थ व्यक्ति विदेश पलायन भएर तथा देशमा रगत दान गर्न नमिल्ने उमेर नागेका तथा रोगी व्यक्ति भएको कारण हो । त्यति मात्रै नभएर कोरोना माहामारी र धेरै मानिस रोगी भएको कारण पनि देशमा र विशेषत चितवनमा रगतको अभाव भएको हो ।

रक्त दानको फाइदा ?

रक्तदान कार्यक्रमले विशेषत आफू, समाज र बिरामीलाई फाइदा हुने गर्छ । त्यती मात्रै नभएर कतिपय रोग रगत दान गरेपछि पनि सन्चो हुने जन विश्वास रहेको छ ।

त्यस्तै प्रशिक्षक विश्वनाथ सापकोटाका अनुसार बर्खा समयमा सेतो रगतको माग बढी हुने गर्छ । किन भने सेतो रगत सर्पले टोकेका बिरामी तथा क्यान्सर रोगीको प्रयोगमा आउने गर्छ । त्यस्तै रातो रगत भने अन्य रोगका बिरामीको प्रयोगमा आउने गर्छ । त्यस्तै हामीले कार्यक्रममा दान गरेको रगत रक्त सञ्चार केन्द्रमा पठाइन्छ र त्यो रगत जाँच गरेर पाँच तत्वमा विभाजन गरी वितरण गरिने उनले जानकारी दिए । परीक्षण गर्दा खर्च लाग्ने भएकोले केन्द्रले एक पोका रगतको मुल्य ८५० तोकेको छ । त्यस्तै उनले दिएको जानकारी अनुसार गैरकानुनी रुपमा रगत किन्ने र बेच्न अनुमति छैन । अर्की प्रशिक्षक शारदा शर्मा पौडेलले रेडक्रसको बारे र यसले दिशका विभिन्न क्षेत्रमा गरेको कामको व्याख्या गरेकी थिइन् । कार्यक्रममा समाज सेवी विष्णु ढकालले शुभकामना व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमको समापन गर्दै मञ्चका अध्यक्ष अपिल घिमिरेले सबैलाई रक्तदान कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>