चितवन विशेष

चितवनमा ८३ जनाको परीक्षणमा १४ जनामा देखियो कोरोना, १०८ जना पुगे सक्रिय संक्रमित

०
Banner

चितवन, साउन २५–

चितवनमा विगत २४ घण्टामा ८३ जनामा गरिएको कोरोना परीक्षणमा १४ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ९ जना, खैरहनी नगरपालिकामा ४ जना र कालिका नगरपालिकाको एक जनामा कोरोना संक्रमण पाइएको हो । विगत २४ घण्टामा ५८ जनामा पीसीआर र २५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या १०८ जना पुगेका छन् जसमध्ये घरमा आइसोलेसनमा १०२ जना र अस्पतालको आइसोलेसनमा ६ जना रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>