राजनीति

माओवादी अध्यक्ष प्रचण्ड चितवनबाटै चुनाव लड्ने

Banner

काठमाडौं, साउन २५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै चुनाव लड्ने बताएका छन्।

आफूले चाररपाँच महिना अघिदेखि नै चितवनबाटै चुनाव लड्ने बताइरहेको उल्लेख गरे। ‘म अन्तबाट होइन, चितवनबाटै चुनाव लड्छु,’ जापानमा रहेका प्रचण्डले मंगलबार पत्रकारहरूसँग भने, ‘चितवनको पनि क्षेत्र नम्बर ३ बाटै चुनाव लड्छु, प्रष्ट हुनुहोला।’ उनले जापानमा रहेका नेपालीलाई सहयोग गर्न पनि आग्रह गरेका थिए।

‘देशभरको समृद्धिका लागि म सोच्छु, चितवन देशको केन्द्र र विकासको तीव्र गतिमा अघि जाने सम्भावना भएकोले एउटा सन्देश जाओस् भनेर चितवनलाई मैले महत्व दिइरहेको छु,’ उनले भने, ‘म अपिल गर्छु, जापानमा रहेका साथीहरूले पनि सहयोग गर्नुहोस्।’

आफूलाई चुनाव लड्न आइदिन कालिकोट, रूकुम, गोरखा, धनुषा, सिराहाका नेतारकार्यकर्ताले आग्रह गरिरहेको पनि उनले बताए। तर चितवन ३ बाटै चुनाव लड्ने उनले बताए। ‘साथीहरूलाई के परेको छ भने प्रचण्ड आए विकास तीव्र रूपमा हुन्थ्यो भन्ने छ। मैले साथीहरूलाई धन्यबाद भन्दै यसपटक चितवनबाटै लड्छु भनेको छु,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>