Breaking News

भरतपुर विमानस्थलमा ई–सिगरेट पिएको पाइएपछि देशभरका विमानस्थल क्षेत्रमा धूमपान निषेध

Banner

काठमाडौँ, साउन २४-

भरतपुर विमानस्थलमा ई–सिगरेट पिएको पाइएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिवन्ध लगाएको छ ।

प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरुलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत कुनै पनि प्रकारका वस्तु (ई–सिगरेट) समेतको प्रयोग गरी धूम्रपान गर्न पूर्ण निषेध लगाएको जानकारी गराएको हो । ई–सिगरेटको पूरा रुप इलेक्ट्रिक सिगरेट हो कुनै विद्युतीय उपकरणबाट धुवा निकालेर पिउने गरिन्छ ।

यस्ता गतिविधिको अब विमानस्थल प्रशासनले नियमित अनुगमन गर्नुपर्नेछ । विमानस्थल क्षेत्र भित्र खटिने सरोकारवाला र सर्वसाधारणलाई चेतानामूलक प्रचार–प्रसार सामग्री प्रदर्शनको व्यवस्था गर्न प्राधिकरणले सबै कार्यालयलाई सूचित गरेको छ ।

यसअघि २९ असारमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज भित्रै एक जना यात्रुले चुरोट सल्काएपछि पक्राउ परेका थिए । विमान भित्र प्रज्वलनशील पदार्थको निषेध यसअघि पनि थियो । प्राधिकरणले अब विमानस्थल क्षेत्र मै सूर्ती तथा चुरोट सेवन निषेध गरेको हो ।

त्यसैगरी प्राधिकरणले विमानस्थल क्षेत्र भित्र धूम्रपान निषेध गरिएको सम्बन्धमा आफ्ना सबै कर्मचारीलाई अनिवार्य तालिम दिन समेत भनेको छ । सबै कम्पनीहरुलाई प्राधिकरणले धूमपान निषेध भएको पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

प्राधिकरणले हवाई सुरक्षा र खतराजन्य वस्तुको प्रयोग गर्न नहुने सम्बन्धी तालिम दिन र त्यसमा ई–सिगरेट समेत समावेश गर्न निर्देशन दिएको हो । यस्तो प्रावधान हेलिकप्टर र ठूला सबै वायुसेवा कम्पनीले मान्नु पर्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>