चितवन विशेष

राष्ट्रिय युवा संघले चितवनका चार युवालाई दियो इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी

Banner

चितवन, साउन २४-

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले चितवनका चार जना युवाहरुलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

युवा संघ केन्द्रीय कमिटीको आज सम्पन्न बैठकले युवा संघ चितवन जिल्ला इन्चार्जमा सुशील केसी, सहइन्चार्जमा अश्विन घिमिरे, त्यसैगरी चितवन जिल्ला सहइन्चार्जमा रोहित सुवेदी र प्रवेश थापालाई जिम्मेवारी तोकेको हो । सुवेदीले महानगर इन्चार्जको जिम्मेवारी सम्हाल्ने छन् ।

केसीले यसअघि युवा संघ चितवन जिल्ला संयोजकको रुपमा काम गरिसकेका छन् भने घिमिरे राष्ट्रिय युवा संघ चितवनको संस्थापक अध्यक्ष, राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्यको रुपमा काम गरिसकेका छन् । त्यसैगरी रोहित सुवेदी अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वअध्यक्ष तथा नेकपा एमाले भरतपुर महानगर कमिटीका उपसचिव हुन् । प्रवेश थापा भने माओवादी केन्द्रबाट नेकपा हुँदै रामबहादुर थापा ‘बादल’ सँगै एमाले राजनीतिमा सक्रिय रहेका युवा नेता हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा बसेको बैठकले इन्चार्ज र सहइन्चार्जहरुलाई युवा कमिटीको वडा कमिटीहरु भदौं पहिलो हप्ताभित्र सकिसक्नुपर्ने, पालिका अधिवेशनहरु भदौं २१ भित्र सम्पन्न गरिसक्नुपर्ने र सम्पन्न जिल्ला अधिवेशनहरु कात्तिक १० गतेभित्र सम्पन्न गरिसक्न कार्यतालिका तोकेको छ । आगामी निर्वाचनमा युवाहरुलाई सशक्त ढंगले परिचालित गर्ने पनि युवा संघ केन्द्रिय कमिटीले निर्णय गरेृको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>