कर्पोरेट

सिटिजन्स बैँकले ल्यायो १० गुणा प्रतिफल दिने दुई मुद्धती योजना

Banner

चितवन, साउन २४-

सिटिजन्स बैँक इन्टरनेशनले १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ सञ्चालनमा ल्याएको छ ।

चितवनको सौराहमा सम्पन्न बैँकका १८० शाखा प्रबन्धकहरुको भेलाबाट सुशासनमा अब्बल हुने घोषणासहित ती दुई मुद्धती योजनाको सुभारम्भ गरेको हो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहमा सम्पन्न तीन दिने नेतृत्व तथा क्षमता अभिवृद्धि सम्मेलनमा ती मुद्धती योजनाको घोषणा गरेका छन् । शाखा प्रबन्धकहरु तथा बरिष्ठ व्यवस्थापकहरुलाई सम्बोधन गर्दे बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बँैकलाई सुशासनमा अब्बल बनाउने घाोषणा पनि गरेका छन् । विगत डेढ दशकदेखि सर्वसाधारणलाई गुणस्तरीय र सुरक्षित सेवा तथा सूविधा दिँदै आएको सिटिजन्स बैंकले साउन २१ गते थप आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाताको सुभारम्भ गरेको बैँकले जनाएको छ ।

सिटिजन्स चिरायु मुद्धती योजनाअन्र्तगत ग्राहकले १३ वर्ष ४ महिना देखि २२ वर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणादेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने बैँकले जनाएको छ । रेमिटेन्स चिरायु मुद्धती योजनामा गाहकहरूले १२ वर्ष ३ महिनादेखि २० वर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने जनाइएको छ । यस मुद्धती निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैँकको कुनै पनि शाखा मार्फत् न्यूनतम् ५० हजार मौज्दातमा खोल्न पाउनेछन् । यस मुद्धती निक्षेप योजनाबाट बैँकका व्यक्तिगत एवम् रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैँकले लिएको छ ।

यसका साथै बैँकले ग्राहकको वित्तीय आवश्यकताहरु सहजताका साथ पूरा होस् भन्ने अभिप्रायका साथ वेभसाइट मार्फत् स्र्माट सरभिसेस् सेवासमेत सुचारु गरेको छ । यस सेवा अन्र्तगत ग्राहकले बैँकको वेभसाइट मार्फत् नै विभिन्न कार्डसम्बन्धी सेवाहरु मोबाइल र ईबैकिङसम्बन्धी सेवाहरु, सेयरसम्बन्धी सेवाहरु तथा क्युआर सम्बन्धी सेवाहरु सहजताका साथ प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैँकका प्रवक्ता नारायणराज अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>