चितवन विशेष
रुख ढल्दा भरतपुर–११ को भोजाड सडक अवरुद्ध
०

चितवन, साउन २३-
भरतपुर महानगरपालिका ११ भोजाड जंगलमा रुख ढल्दा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अविरल वर्षासँगै आएको हावाहुरीका कारण आज दिउँसो चार बजेर ४० मिनेटमा रुख ढल्दा बाटो अवरुद्ध भएको हो ।
रुख ढल्दा भोजाडबाट पदमपुर तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ८१५१ नम्बरको स्कुटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भरतपुरबाट कालिका नगरपालिका प्रवेशको मूल सडक मानिएको यो बाटो खुलाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























