चितवन विशेष

कबिलास बोर्डिङको बसले ठक्कर दिँदा देवघाटका ११ वर्षीय बालकको मृत्यु

Banner

चितवन, साउन २३-

कबिलास सामुदायिक बोर्डिङको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

साउन १७ गते देवघाट गाउँपालिमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका ११ वर्षीय रिभेज तामाङको आज उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

भरतपुरको स्मल हेभेन मोडल स्कुलमा कक्षा ५ मा अध्ययनरत उनको मेडिकल कलेजको भेन्टिलेटरमा उपचार भइरहेको थियो । देवघाट गाउँपालिका–५ पिपलटारका स्थायी बासिन्दा आमा रिना तमाङ र बुवा सोमन तामाङका एकमात्र छोरा ११ वर्षीय रिभेज तामाङको निधनमा स्मल हेभेन मोडेल स्कुलले श्रद्धाञ्जली व्यक्त गर्दै भोलि शोकमा विद्यालयको सबै पठनपाठन बन्द गरेको स्कुलका प्रिन्सिपल बिमल क्षेत्रीले नारायणी अनलाइनलाई जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>