चितवन विशेष
भरतपुरमा हावाहुरी र मेघ गर्जनसहित वर्षा
०

चितवन, साउन २३-
भरतपुरमा हावाहुरीसहित वर्षा भएको छ ।
दिनभर घाम चर्केको भरतपुरमा साँझतिर हावाहुरीसहित वर्षा भएको हो ।
हावाहुरीसहित पानी पर्दा निकै गर्मी अनुभव गरिरहेका नागरिकले शितलताको महसुस गरेका छन् । अघिल्लो हप्ता तीनदिनसम्म लगातार झरी परेको चितवनमा विगत चार दिनदेखि पानी पर्न सकेको थिएन ।
नेपालको मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरेको थियो । गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























