देश/प्रदेश

हेटौंडामा आज एकै साथ एक आपसमा ठोक्किए पाँच वटा सवारीसाधन, विद्यार्थीसहित १५ जना घाइते

Banner

हेटौंडा, साउन २३-

आज बिहानको समय मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा परी विद्यार्थीहरूसहित १५ जना घाइते छन् र उनीहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार बिहान ९ः ५ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी ठोक्किएको हो।

कार्कीका अनुसार सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो। त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>