चितवन विशेष

चितवनमा आगामी प्रदेश सभा निर्वाचनमा कांग्रेसका क्षेत्रीय सभापति दवाडीले उम्मेदवारी दिने

Banner

चितवन, साउन २२-

आगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालबहादुर दवाडीले उम्मेदवारी दिने भएका छन् ।

सरकारले निर्वाचनको घोषणा गरे सँगै दवाडीले चितवन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले यस क्षेत्रमा एक सबल,सशक्त, जनताको घरदैलोसम्म पुगी सेवा गर्न सक्ने एक कर्मठ उमेदवारको रुपमा आफूलाई उभ्याएका छन् ।

१४ वर्षको उमेरदेखि नेपाली कांग्रेस राजनीतिमा सक्रिय दवाडी १० औं महाधिवेशनमा जगतपुर गाविस कमिटी अध्यक्षको रुपमा काम गरेका थिए । कांग्रेसको ११ औं र १२ औं अधिवेशनबाट जिल्लास्तरीय कमिटीमा काम गर्दै आएकोमा गत १४ औं अधिवेशनबाट चितवन क्षेत्र नम्बर ३ को सभापतिको रुपमा निर्वाचित भइ उनले काम गरिरहेका छन् । उनले यदि नेपाली कांग्रेस पार्टीले पार्टीको आधिकारिक टिकट दिएमा आउदो मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनबाट अत्याधिक बहुमतका साथ विजयी हुने आट र विश्वासका साथ उम्मेद्वारी दिन लागेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘ पार्टीले टिकट दिने विषयमा पूर्णतः आशा तथा विश्वास रहेको छ ।’

उनले चुनावी प्रतिबद्धतामा शिवनगर, शुक्रनगर हुँदै माडी बादरझुलासम्मको भूभाग चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसँग सिधै सम्बन्ध राख्ने भएको तर यसभन्दा अगाडिका माननीयहरूबाट नदी कटान, वन्यजन्तु तथा निकुञ्जको कारण भएका धन–जनको क्षतिको उचित तथा स्थायी व्यवस्थापन, समाधान हुन नसकेको कारण त्यसको स्थायी समाधान, व्यवस्थापनको लागि उम्मेदवारी दिने बताएका छन् । उनले ठोरी माडी – नारायणगढ – केरुङ हुलाकी, लोकमार्गको छिटोभन्दा छिटो स्तरोन्नति तथा निर्माणको लागि उचित पहल कदमी गर्न पनि आफूले उम्मेदवारी दिन लागेको जनाएका छन् । त्यसैगरी ठोरी नाका तथा स्वमेश्वरलगायतका यस क्षेत्रमा पर्ने नाकालाई व्यवस्थित गरी राष्ट्रिय महत्वपूर्ण योगदान पुयाउनुपर्ने आवश्यकता रहेको उनको विचार छ । यस क्षेत्रमा पर्ने कसरा जस्ता पर्यटकीय स्थललाई व्यवस्थित तथा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउने उचित पहल गर्न आफूले उम्मेदवारी दिन लागेको दवाडीको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>