चितवन विशेष

भरतपुरको केन्द्रीय बसपार्कबाट छितामाइसम्म साइकल र्‍याली

Banner

चितवन, साउन २२-

भरतपुरको केन्द्रीय बस टर्मिनलबाट भरतपुर महानगरपालिका–१३ को छितामाइसम्म साइकल ¥याली गरिएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चितवनको सामाजिक संस्था बेटर चितवनको आयोजनामा ‘युथवन’ कार्यक्रम अन्र्तगत शनिबार साइकल ¥याली सम्पन्न भएको हो ।

भरतपुरको केन्द्रीय बस टर्मिनल बसपार्कबाट सुरु भएको साइकल  र्‍यालीको उद्घाटन भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले गरेका हुन् ।
कार्यक्रम उद्घाटन गर्दै उपप्रमुख अधिकारीले महानगरमा साइकल लेनसहितको सडक निर्माणमा अगाडि बढिरहेको बताए । उनले भरतपुरमा साइकल लेनसहितको सडक निर्माणको खाका यसअघि नै कोरिसकिएको भन्दै अब निर्माण हुने नयाँ सडकहरुमा अनिवार्य साइकल लेनसहित रहने प्रष्ट पारे । साइकल र्‍यालीले समाजमा संस्कृतिको प्रवद्र्धन गर्न सघाउ पुग्ने उनको भनाइ थियो । ‘साइकल चढ्नु, केबल साइकल चढ्नु मात्रै होइन । साइकल संस्कृति स्थापित गर्नु पनि हो ।’ उनले भने ।

‘प्रकृतिसँग साइकल’ नारा दिएर गरिएको र्‍यालीमा चितवन र गैँडाकोटका १०० बढी साइकलयात्रीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक विपिन भण्डारीले जानकारी दिए ।

पाका उमेरका साइकल यात्रीलाई सम्मान

साइकल ¥यालीमा चितवनमा साइकल संस्कार प्रवद्र्धन गर्न योगदान पु¥याउने ८ जना पाका उमेरका साइकलयात्रीलाई सम्मान गरिएको छ ।
भरतपुर–१३ छितामाइमा साइकल र्‍यालीको समापन कार्यक्रममा सोही वडाका नन्दलाल सुवेदी, यादव अधिकारी, बिकराम महत्तो,उदयराज सापकोटा, टिकाराम घिमिरे,उमराज सिग्देल, एकलाल भण्डारी र शंकर महतोलाई सम्मान गरिएको हो ।

चितवनमा वर्षौदेखि अनवरत रुपमा साइकल चलाउर्दै आएका ६० वर्ष माथिका पाका साइकलयात्रीको योगदानको कदर गर्दै सम्मान गरिएको कार्यक्रम संयोजक भण्डारीले बताए । ‘चितवनमा साइकल संस्कृति प्रवद्र्धन र युवालाई साइकल संस्कार सुरक्षित हस्तान्तरण गर्न उनीहरुले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेका हांै’ उनले भने । साइकल ¥याली कार्यक्रममा साइकल सस्कृति प्रवद्र्धन जुटेको एक सपना साइकल र सफा नेपाललगायत चितवनका विभिन्न संघसंस्थाहरुको समन्वय रहेको थियो । यस्तै कार्यक्रमलाई डीआर साइकल स्टोर्स, एमटीबी बग, हेरचाह हेल्थ क्लिनिक, सम्पूर्ण किताब, निप्पोन एजुकेसनल कन्सलटेन्सी, भिट्टो एजुकेसन, माली दाइ र नेपाल विकास समाजलगायतका विभिन्न संघसंस्थाहरुको विशेष सहयोग रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>