देश/प्रदेश
सिन्धुपाल्चोकको भीरमा अड्किएका एक व्यक्तिको सकुशल उद्दार
०

काठमाडौँ, साउन २२
सिन्धुपाल्चोकमा भीरमा अड्किएका एक पुरुषको सकुशल उद्दार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले हेलम्बु गाउँपालिका -१ तिम्बुका ३५ वर्षीय छिरिङ शेर्पाको सकुशल उद्दार गरेको हो । उनी हिंड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल मेलम्ची खोलामाथिको भीरमा अड्किएका थिए।
घटनाबारे जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल खानेपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको संयुक्त टोलीले उद्दारका लागि खटिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























