अर्थ
तोला ५०० रुपयाले घट्यो सुनको मूल्य
०

काठमाडौँ, साउन २२
साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ५०० रुपयाले घटेको छ । भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ तोकिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँ कायम भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























