Breaking News

चितवनमा ५१ जनाको परीक्षणमा १३ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमित ८३ पुगे

Banner

चितवन, साउन २१-

चितवनमा विगत २४ घण्टामा ५१ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पाइएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकाका १० जना, माडी नगरपालिकामा एक जना, रत्ननगरमा एक जना र राप्ती नगरपालिकामा एक जनामा कोरोना संक्रमण पाइएको हो ।

बिगत २४ घण्टामा ४८ जनामा पीसीआर र तीन जनामा एन्टिजेन परीक्षण गरिएको थियो । योसँगै चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ जना पुगेको छ । जसमध्ये चार जना अस्पतालको आइसोलेसनमा र ७९ जना घरमा आइसोलेसनमा रहेका छन् ।

देशभर थप ६६० जनामा कोरोना पुष्टि, एकको मृत्यु

एकैदिन थप ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट ४६८२ नमूना परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९४२ र एन्टिजेनबाट २७४० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३२६ र एन्टिजेनबाट ३३४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४४४ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५६४१ पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>