Breaking News
आजदेखि शुक्रबार पनि सर्वोच्च अदालतले पुरा समय सेवा दिने
०

काठमाडौँ, साउन २०
असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि सर्वोच्च अदालतले पूरा समय सेवा दिनु पर्ने निर्णय गरेको छ ।
उक्त निर्णयलाइ मध्यनजर गर्दै सर्वोच्च अदालतले आजदेखि शुक्रवार देखि पनि पूरा समय सेवा दिने निर्णय गरेको हो । पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आज पनि अदालत खुलेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
उनका अनुसार हाल अदालतमा २०७९ सालको वैशाख ३० सम्म पाँच वर्ष नाघेका मुद्दा ४ हजार ८ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका १७ हजार ६ सय १२ थान मुद्दा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























