राजनीति

आरजु राणा काँग्रेसको उदीयमान नेता हो, उहाँ प्रधानमन्त्री बन्न सक्षम हुनहुन्छः नेता विश्वकर्मा

Banner

काठमाडौं,साउन १९-

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाबीच भएको भेटवार्ताबारे गरिएको टिप्पणीप्रति सहमति जनाउनुभएको छ । रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै उहाँले प्रचण्ड दिल्लीमा राजनीतिक भेटवार्तामा रहेको र आरजु पनि उपचारको सिलसिलामा दिल्लीमै रहेकोले भेटवार्ता भएको र त्यो भेटवार्तामा स्वास्थ्य लाभको कामना गरिएको स्मरण गराउनुभयो ।

उहाँले नेपाली राजनीतिमा प्रचण्ड र आरजु दुवै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होइन, तर अहिले यस्तो सहमति भएको छैन । यो सबै अफवाह हो । कुन दलको प्रतिनिधि सभामा सिट सङ्ख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ ।

नेतृत्वको सवालमा दलहरूबीच अर्को चरणमा छलफल हुन्छ । अहिले प्रचण्ड र आरजुले सरकार नेतृत्वको गर्ने भन्नेबारे सहमति भयो भन्ने कुरा आयो, यो झुठो हो । आरजु दिल्लीमा हुनुहुन्थ्यो । प्रचण्ड भारत भ्रमणमा जानुभएको थियो, त्यति बेला उहाँ आरजुको स्वास्थ्य लाभको कामना गर्न जानुभयो । डा. आरजु काँग्रेसको उदीयमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? तर अहिले यो विषयमा छलफल र चर्चा नै चलेको थिएन । र छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>