राजनीति

मेयर बालेन्द्र साह र गगन थापाबीच भेटवार्ता

Banner

काठमाडौं,साउन १९-

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । हिजो बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएको महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । भेटमा काठमाण्डौको फोहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको उहाँले उल्लेख गर्नुभएको ।

काठमाण्डौ महानगरपालिकाको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने भने महामन्त्री थापाले बताउनुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>