कर्पोरेट

ग्लोबल आइएमई बैंँकले ३५ जना विपन्न वर्गका छात्रालाई छात्रवृत्ति दिने

Banner

चितवन, साउन १९-

ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ ।

बैँकको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको हो ।

यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैँकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिकरुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैँकले विज्ञप्तिमार्फत् जनाएको छ । यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैँकको विश्वास छ ।

‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्राहरुलाई यसै कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।

बैँकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ । मुलुकका ७७ जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैँकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैँकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>