Breaking News
नारायणगढको लीलाचोकबाट लागुऔषधसहित दुई जना पक्राउ
०

चितवन, साउन १८-
भरतपुर महानगरपालिका–१ नारायणगढको लिलाचोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान प्रहरी गस्ती टोलीले लिलाचोक स्थित सडकमा शंकास्पद रुपमा उभिइरहेका दुई जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ बस्ने वर्ष २५ को विष्णु केसी र भरतपुर महानगरपालिका–२ बस्ने वर्ष २७ को आशिष चौधरी रहेका छन् । उनीहरुलाई प्रहरीले जाँच गर्दा निलो रङको फाइबरको झोलामा लुकाइछिपाई ल्याएको लागुऔषध डाइजेपाम ७१ एम्पुल, प्रोमोताइजेन ७५ एम्पुल र नफिम ७१ एम्पुल गरी जम्मा २१७ एम्पुल फेला परेको प्रहरीले जनाएको छ । उक्त लागुऔषधसहित पक्राउ परेका दुई जनालाई जिल्ला अदालत चितवनबाट लागुऔषध मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























