देश/प्रदेश
सुरक्षित बास स्थानको खोजिमा गाउँ छाड्दै स्थानीय, गाउँ छोडे पनि कहाँ बस्ने छैन कुनै टुंगो !
०

कोशी, साउन १८-
बस्तीमा नदी पस्न सुरु गरेपछि सुरक्षित बास स्थानको खोजिमा स्थानीय गाउँ छोडेन बाध्य भएका छन् । आज बिहान सप्तकोशी नदी कटान गरी गाउँ पस्न थालेपछि स्थानीयले गाउँ छोडेन बाध्य भएका हुन् । प्रदेश १ प्रहरी कार्यालयका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ ।
वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार नगरपालिकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् ।
प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान निर्देशन आए पनि कहाँ बस्ने भन्ने टुंगो लागेको भने छैन् ।
अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवको टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























