चितवन विशेष

भरतपुर महानगरपालिका–२५ को प्रभात माविमा एकीकृत स्वास्थ्य शिविर

Banner

चितवन, साउन १७-

भरतपुर महानगरपालिका–२५ को प्रभात माध्यमिक विद्यालयमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शिविरको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

उद्घाटन गर्दै उनले पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुने क्रममा अघि बढेको बताएकी छन् । मेयर दाहालले पश्चिम चितवनमा ठूला–ठूला स्वास्थ्य पूर्वाधारहरु निर्माण हुनु लाग्नु गर्वको विषय रहेको उल्लेख गरिन् । मेयर दाहालले पश्चिम चितवनवासी अबको केही समयपछि उपचारको लागि भरतपुर बजार जान पर्ने समस्या हटेर जाने उल्लेख गरिन् ।

‘शिवनगरमा ३०० शैयाको शिक्षक अस्पताल बन्दै छ’ उनले भनिन्,‘ त्यसकै छेउमा १०० शैयाको आर्युवेद अस्पताल पनि बन्दै छ । वडास्तरीय स्वास्थ्य कार्यालयहरु त छदै छन् । पश्चिम चितवन स्वास्थ्यको हबको रुपमा परिचित हुँदैछ ।’

मेयर दाहालले पश्चिम चितवनमा २० औँ वर्षसम्म नभएका विकासको काम विगत ५ वर्षमा सम्पन्न भएको बताइन् । स्वास्थ्य सेवालाई शिविरलगायत विभिन्न काम गरेर जनताको आँगनसम्म पु¥याउने गरी महानगरपालिका अगाडि बढेको उनको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले कोही पनि भरतपुरवासी स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताए ।
अधिकारीले भरतपुर महानगरको पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएको विचार राखे । कार्यक्रममा वरिष्ठ सर्जन डा. सुरेशकुमार प्रधान, महिला तथा स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटा, डा. रजनिश मानन्धर, डा गोविन्द पन्तलगायत अन्य विभागीय चिकित्सकले स्वास्थ्य जाँच गर्ने छन् । शिविरमा ७०० जनाले स्वास्थ्य सेवा लिने अपेक्षा गरिएको वडा अध्यक्ष छविलाल सापकोटाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>