Breaking News

चितवनको कुरिनटारमा पनि पहिरो खस्यो, पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

Banner

चितवन, साउन १७–

चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटारमा पहिरो खसेको छ ।

केहीबेर अगाडि पहिरो खसेपछि अहिले पृथ्वीराजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यस क्षेत्रमा पनि ठूलो पहिरो खसेकाले बाटो खुल्न समय लाग्ने भएको छ ।

यस्तै भरतपुर–१९ केराबारीमा खसेको पहिरो हटाउन आज दिनभर लाग्ने प्रहरीले जनाएको छ । यस सडक खण्ड भएर यात्रा गर्दा जानकारी लिएर मात्रै गर्न प्रहरीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>