चितवन विशेष

भरतपुर अस्पतालले २४ नर्सको विज्ञापन गरेकोमा ९०१ जनाको आवेदन

Banner

चितवन, साउन १६-

भरतपुर अस्पतालले २४ जना नर्स मागेकोमा ९०१ जनाको आवेदन परेको छ ।

नयाँ कर्मचारी माग्दै साउन ९ गते विज्ञापन निकालेकोमा आइतबारको अन्तिम मिति साउन १५ गतेसम्म ९०१ जनाको आवेदन परेको हो ।
यो एक हप्तामा नर्सको लागि ३७ गुना बढीको आवेदन परेको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलकाअनुसार ९०१ जनाको आवेदन दिएका छन् ।

आवश्यकता भन्दा धेरै आवेदक भएपछि परीक्षा नै कहाँ र कसरी चलाउने भन्ने विषयमा अन्योल भएको पौडेलले बताए । भरतपुर भित्रनै परीक्षा लिने भने पक्का रहेको प्रष्ट पारे ।

विज्ञापनअनुसार चार फरक विधामा ज्यालादारी र करारमा कर्मचारी माग गरिएको थियो । जसमा मेडिकल अफिसर, स्टाफ नर्स, ल्याब टेक्निसियन र फार्मेसीमा कर्मचारी माग गरिएको छ । मेडिकल अधिकृत करार सेवाका लागि ८ जना र मासिक ज्यालादारीमा ५ जना गरी कुल १३ जनाको माग गरिएको छ । तर, ५५ जना मेडिकल अधिकृतका लागि आवेदन परेको अस्पतालका सूचनाअधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिए ।

सबैभन्दा बढी स्टाफ नर्समा आवेदन परेको छ । फार्मेसीमा ९१ र ल्याबटेक्निसियनमा १३४ जनाको आवेदन परेको छ । फार्मेसी सहायकमा करार एक जना र मासिक ज्यालादारी चार गरी कुल ५ जना माग भएको छ । त्यस्तै, ल्याब टेक्निसियनतर्फ करार एक जना र मासिक ज्यालादारी चार गरी कुल ५ जना माग भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

चितवनका मेडिकल कलेज र निजी अन्य अस्पतालमा कार्यरत नर्सहरु अधिकांशले आवेदन दिएको पाइएको छ । निजीमा सेवा सुविधा कम हुने, तोकिएको समयमा तलब नपाउने, काम बढी गर्नुपर्ने जस्ता असुविधाका कारण निजी अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्य कर्मचारीहरु दिक्क बनेको अवस्थामा सरकारी सेवा सुविधा पाउने भएपछि धेरैको आवेदन परेको पौडेलले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>