राजनीति

धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड गर्ने को हुन ?

Banner

धरान,साउन १६-

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ। सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेका उनीहरुले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन्।

धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको निशानामा साम्पाङ परेका हुन्। घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन्।

म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ ! अब यसरी पिडितले न्याय पाउँलान् त ? साम्पाङले लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>