देश/प्रदेश

मलामी जाँदा चिप्लिएर खोलामा बेपत्ता पुरुष मृत भेटिए

Banner

तम्घास,साउन १५-

मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका पुरुष मृतावस्थामा भेटिएका छन् । गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आज भेटिएको हो । अधिकारी शनिबार साँझ साढे ४ बजे मलामी जाने क्रममा चिप्लिएर बडिगाड खोलामा बेपत्ता हुनुभएको थियो ।

बेपत्ता भएको खबर पाउनासाथ स्थानीयका साथसाथै प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको नेतृत्वमा गएको समूहले उहाँको खोजी गरेको थियो । खोज्ने क्रममा आइतबार गुल्मीदरबार गाउँपालिका–२ तल्लो घोरहास्थित बडिगाड खोलाको बीचमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>