राजनीति

एमसीसी र एसपीपीविरुद्ध विप्लव लगायतका कम्युनिष्ट पार्टीको मसाल जुलुस

Banner

काठमाडौं,साउन १५-

विभिन्न चार वटा कम्युनिष्ट पार्टीले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)विरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आइतबार बेलुकी राजधानीको बागबजार क्षेत्रमा मसाल जुलुस निकालेका हुन्।

गठबन्धन सरकारले षड्यन्त्रपूर्ण तरिकाले एमसीसी सम्झौता संसदबाट पास गरेको उनीहरुको आरोप छ। देशको राष्ट्रियता र स्वाधिनता जोगाउन देशभक्त नागरिकहरु सचेत रहनुपर्ने उनीहरुको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>