चितवन विशेष

चितवनमा रगतको अभाव कम गर्न १०१ जनाले गरे रक्तदान

Banner

चितवन, साउन १५-

चितवनमा भएको रगतको अभावलाई कम गर्न १०१ जनाले रक्तदान गरेका छन् ।

विभिन्न सात लायन्स क्लब तथा एक लियो क्लबको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमको उद्घाटन लायन्स क्लब डिस्ट्रिक ३२५ आर नेपालका गभर्नर सिद्वार्थलाल चुकेले गरेका हुन् ।

चुकेले क्लबहरु मिलेर चितवनमा पछिल्लो समय देखिएको रगतको चरम अभावलाई केही हदसम्म भए पनि कम गर्ने बताए । उनले लायन्स क्लबहरुले आउँदा दिनहरुमा पनि सामाजिक कार्यहरुमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वगभर्नर राजकुमार श्रेष्ठ, क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम, डिस्ट्रक एजुकेटिभ चिफ हरिप्रसाद घिमिरे, कृष्ण पाण्डे, शारदा शर्मा पौडेल, रिजन चियर पर्शन बिनु रायमाझी पौडेल, लायन्स क्लब अफ भरतपुर युथका प्रेसिडेन्ट सागर पोख्रेल,लायन्स क्लब अफ चितवन गोल्डेनका प्रेसिडेन्ट विनोद चन्द्र हमाल,लायन्स क्लब अफ भरतपुर फ्रेन्ड्सका प्रेसिडेन्ट सुमन श्रेष्ठ , लायन्स क्लब अफ भरतपुर चौतारीका प्रेसिडेन्ट रीता कँडेल, लायन्स क्लब अफ भरतपुर स्मार्ट ओमेनका प्रेसिडेन्ट सावित्री रेग्मी त्रिपाठी, लायन्स क्लब अफ चितवन ताराका प्रेसिडेन्ट शुवास सिलवाल, लायन्स क्लब अफ भरतपुर ईन्द्रेणीका प्रेसिडेन्ट नारायण गिरी तथा लियो क्लब अफ भरतपुर युथका प्रेसिडेन्ट कृष्ण रिमाल ‘ह्यारी’ “लगायतले शुभकामना दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>