देश/प्रदेश

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार भन्दा धेरै, आज थपिए ६२० संक्रमित

Banner

काठमाडौँ, साउन १५

नेपालमा आज एकै दिन ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ६५१ जनाको पीसीआर र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै आज नेपालमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भने २९७ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । जसमध्‍ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् । यस्तै पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>