चितवन विशेष

काहुरास्टको केन्द्रीय उपाध्यक्षमा चितवनका तिमिल्सिना चयन

Banner

चितवन, साउन १५-

मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) को उपाध्यक्षमा चितवनका प्राध्यापक विनोदखण्ड तिमिल्सिना चयन भएका छन् ।
संस्थाको शनिबार काठमाडौँमा सम्पन्न विशेष भेलाले तिमिल्सिनालाई उपाध्यक्षमा चयन गरेको हो ।

भेलाले काहुरास्टको अध्यक्षमा हुकुम पोखरेल, महासचिवमा मीना शर्मा, कोषाध्यक्षमा ललन चौधरीसहित १७ जनाको केन्द्रीय समिति गठन गरेको छ । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका उपप्राध्यापकसमेत रहेका तिमिल्सिना २०६३ सालदेखि काहुरास्टमा आवद्ध भएका थिए ।

सुरुमा नेपाल मानव अधिकार संगठनमा आवद्ध रहेका तिमिल्सिना पछि काहुरास्टको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै उपाध्यक्ष बनेका हुन् । काहुरास्टको ७५ वटै जिल्लामा संगठन र सञ्जालहरु रहेको तिमिल्सिनाले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ हाम्रो विद्यानले स्वतन्त्र मानव अधिकारबादी संस्थाको रुपमा व्याख्या गरेकोले हामी स्वतन्त्र ढंगले काम गर्दै आइरहेका छौं ।’ काहुरास्टका पूर्वअध्यक्ष विष्णुपुकार श्रेष्ठ चीनको लागि नेपाली राजदूत बनेपछि काहुरास्टको कार्यबाहक अध्यक्षको जिम्मेवारी हुकुम पोखरेलले सम्हाल्दै आएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>