चितवन विशेष

चितवनका प्राध्यापक ऋषि चापागाइँ सीजी इन्सिच्युट अफ म्यानेजमेन्टको प्रमुखमा नियुक्त

Banner

चितवन, साउन १५-

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजको एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाइँ सीजी इन्सिच्युट अफ म्यानेजमेन्टको प्रमुखमा नियुक्त भएका छन् ।

काठमाडौँको मिनभवनमा रहेको चौधरी ग्रुपले सञ्चालन गरेको सीजी इन्सिच्युट अफ म्यानेजमेन्टको प्रमुखको रुपमा चापागाइँले शुक्रबारबाट काम सुरु गरेका हुन् ।

भरतपुर महानगरपालिका–३ बाह्घरेका स्थायी बासिन्दा चापागाइँ बिगत पाँच वर्षदेखि बोस्टन इन्टरनेशनल कलेजमा एमबीए कार्यक्रम संयोजकको रुपमा कार्यरत रहेका थिए । चितवनबाट प्रारम्भिक शिक्षा सुरु गरेका चापागाइँले बेलायतबाट एमबीए, अष्ट्रेलियाबाट एलएलएम गर्नुका साथै त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेका छन् । अहिले उनी खुला विश्वविद्यालयबाट उद्यमशिलतासँग सम्बन्धित विषयमा पीएचडी गरिरहेका छन् । उनी भरतपुरमा व्यवस्थापन विषयमा निकै बहुआयामिक, नेतृत्वदायी र अध्ययन तथा अनुसन्धानमा सक्रिय प्राध्यापक मानिन्छन् ।

चौधरी समूहले सञ्चालन गरेको सीजी इन्सिच्युट अफ म्यानेजमेन्ट मेलेसियाको प्रशिद्ध लिमकोक्विङ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । यसले बिहानी र साँझको सत्रमा एमबीए, सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषय पढाउँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>