चितवन विशेष

भरतपुरको वीरेन्द्र क्याम्पसमा नयाँ मौद्रिक नीतिबारे बहस

Banner

चितवन, साउन १४–

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा नयाँ मौद्रिक नीति बारे अन्तरक्रिया गरिएको छ ।

अर्थशास्त्र विभागको आयोजनामा विभिन्न सातवटा संकाय अन्तर्गत स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको लागि सो कार्यक्रम गरिएको हो ।

विभागीय प्रमुख सहप्राध्यापक रवि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक डा. दयाराम पौडेल, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति एवम् पूर्वअर्थशास्त्र विभाग प्रमुख सहप्राध्यापक सूर्यनारायण पौडेल, अर्थशास्त्र विभागका सदस्य उपप्राध्यापक कृष्णप्रसाद भुसाल, वित्तीय क्षेत्रका सिद्धार्थ बैंक लिमिटेड नारायणगढका शाखा प्रबन्धक मिन चौलागाईंलगायतले छलफलमा भाग लिएका थिए । अर्थशास्त्र विभाग सदस्य उपप्राध्यापक थानेश्वर सापकोटाले सहजीकरण गरेको कार्यक्रममा वक्ताहरुले नेपालमा अहिलेको मौद्रिक नीतिले तरलताको अवस्था सिर्जना भएको र श्रीलंकासँग मिल्दोजुल्दो परिस्थिति सिर्जना भएको बताएका थिए । कार्यक्रममा समग्र मौद्रिक नीति जनताको जीवनस्तरमा सुधार गर्न नसक्ने ढंगले प्रस्तुत गरिएको समीक्षक पौडेलले बताए । कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक डा पौडेलले यो मौद्रिक नीति सार्वजनिक भएकोमा सुखद भन्दा दुःखदायी अनुभूतिहरु सिर्जना भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>