इच्छकामना

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको अध्यक्षमा भक्तबहादुर गुरुङ चयन

Banner

चितवन, साउन १४-

नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको प्रथम अधिवेशनले अध्यक्षमा भक्तबहादुर गुरुङलाई चयन गरेको छ ।

इच्छकामनामा शुक्रबार सम्पन्न अधिवेशनले चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीका प्रमुख गुरुङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामना गठन गरेको हो ।

महासंघको उपाध्यक्षमा कविता काफ्ले, सचिवमा सुजिता त्रिपाठी, कोषाध्यक्षमा गणेशबहादुर राई सुनुवार, सदस्यहरुमा सागर लामा, नरमाया गुरुङ, लालकुमारी गुरुङ, रोशन कुमार महतो, निशा कुमाल, सूर्य चेपाङ र सुमी गुरुङलाई निर्वाचित गरेको छ ।

महासंघको जिल्ला उपाध्यक्ष एवम् इच्छाकामना अधिवेशन संयोजक शान्ता पन्थको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ रहेका थिए भने कार्यक्रममा महासंघको जिल्ला अध्यक्ष केशवराज सापकोटा, इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, नेकपा एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवाल, जिल्ला सदस्य ज्ञानुदेवी पाण्डे, वडा नं. ५ का वडाध्यक्ष तेजबहादुर  शेरचनलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>