अन्तर्राष्ट्रिय
इरानको बाढीमा २४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
०
तेहरान, साउन १४-
इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन् ।
‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्टको विज्ञप्तिमा भनिएको छ ।
बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ । इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो ।
इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त मूसलधारे वर्षापछिको बाढी पनि सामना गरेको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>